Author name: Surkhet

नेपाल शिक्षक संघ, सुर्खेतको २७औं जिल्ला प्रतिनिधिसभा सम्पन्न।

फागुन १६, २०८२ नेपाल शिक्षक संघ, सुर्खेतको २७औं जिल्ला प्रतिनिधिसभा आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ। नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष श्री सुरेन्द्र बहादुर रावतको अध्यक्षतामा सम्पन्न सो प्रतिनिधिसभामा अध्यक्षबाट संस्थागत दृष्टिकोण र नीतिसहितको प्रतिवेदन, उपाध्यक्ष अमृता सापकोटाले महिला विभागको प्रतिवेदन, सचिव भुपेन्द्र बहादुर सिंहले सांगठनिक प्रतिवेदन, अर्थ सचिव नवीन कुमार महताराले आर्थिक …

नेपाल शिक्षक संघ, सुर्खेतको २७औं जिल्ला प्रतिनिधिसभा सम्पन्न। Read More »

नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा सम्पन्न।

– भुपेन्द्र बहादुर सिंह जेष्ठ ३१, २०८२ नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा काठमाडौमा सम्पन्न भएको छ। जेष्ठ २९ र ३० गते सञ्चालन भएको सो सभाको समुद्घाटन सत्रमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र महासचिव ज्ञानेन्द्र रावलको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहमा …

नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा सम्पन्न। Read More »

उत्कृष्ट कार्य सम्पादनमा सुर्खेत जिल्ला सम्मानित।

जेष्ठ २६, २०८२ नेपाल शिक्षक संघ, कर्णाली प्रदेशको छैटौं प्रतिनिधिसभा आज वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। कर्णाली प्रदेश अध्यक्ष मान बहादुर रोकायको अध्यक्षता र संघीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष इलम बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा संघीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वहरुको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो। यस अवसरमा नेपाल शिक्षक संघ, जिल्ला कार्य …

उत्कृष्ट कार्य सम्पादनमा सुर्खेत जिल्ला सम्मानित। Read More »

नेपाल शिक्षक सङ्घकाे ३६औं स्थापना दिवस सुर्खेतका स्थानीय कार्यसमितिहरुको आयोजनामा आज विविध कार्यक्रम सहित पालिकास्तरमा भव्यताका साथ सम्पन्न।

बैशाख ३०, २०८२ नेपाल शिक्षक सङ्घकाे ३६औं स्थापना दिवस सुर्खेतका स्थानीय कार्यसमितिहरुको आयोजनामा आज विविध कार्यक्रम सहित पालिकास्तरमा भव्यताका साथ सम्पन्न। फोटो फिचर :

नेपाली काँग्रेससँग आन्तरिक छलफल र अन्तर्कृया कार्यक्रम सम्पन्न।

बैशाख २७, २०८२ नेपाल शिक्षक संघ, सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा नेपाली काँग्रेससँग आन्तरिक छलफल र अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। नेपाल शिक्षक संघ, सुर्खेतका गतिविधिहरुको बारेमा प्रवोधिकरण गर्ने, संगठन सुधार तथा समसामयिक विषयवस्तुमा आन्तरिक छलफल गरी आगामी कार्यक्रमहरु निर्धारण गर्ने, नेपाल शिक्षक महासंघद्वारा सञ्चालित काठमाडौ केन्द्रित शैक्षिक आन्दोलनमा विभिन्न माध्यमबाट सहयोग गर्ने शिक्षक कर्मचारी एवम् …

नेपाली काँग्रेससँग आन्तरिक छलफल र अन्तर्कृया कार्यक्रम सम्पन्न। Read More »

प्रधानाध्यापक सिंहको स्पष्ट सन्देश : शान्तिपूर्ण रचनात्मकता कमजोरी ठानियो, आन्दोलनको स्वरुप फेर्न नेतृत्वसँग माग।”

सुर्खेत, भोटेचुली खबर। राज्यको नीतिगत विभेद र पेशागत न्यायका मागसहित देशभर जारी शैक्षिक आन्दोलनको १५औं दिनमा प्रधानाध्यापक भुपेन्द्र बहादुर सिंहले आन्दोलनको वर्तमान मोडालिटीमाथि पुनर्विचार गर्न नेतृत्वलाई सुझाव दिएका छन्। श्री प्रभात माध्यमिक विद्यालय, थानीचौर (भेरीगंगा-१०) का प्रधानाध्यापकसमेत रहेका सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, निरन्तर रचनात्मक प्रदर्शनलाई सरकारद्वारा कमजोरी ठानिएको गम्भीर संकेत दिएका छन्। “रचनात्मक आन्दोलन …

प्रधानाध्यापक सिंहको स्पष्ट सन्देश : शान्तिपूर्ण रचनात्मकता कमजोरी ठानियो, आन्दोलनको स्वरुप फेर्न नेतृत्वसँग माग।” Read More »

२०८१ चैत २० गतेदेखि राजधानीमा जारी शैक्षिक हडतालमा नेपाल शिक्षक संघ, सुर्खेतका अध्यक्ष सुरेन्द्र बहादुर रावतले AP1 टेलिभिजनमा दिनुभएको अन्तर्वार्ताको केही अंश

https://ntasurkhet.org/wp-content/uploads/2025/04/2025-04-09-223654636.mp4

नेपाल शिक्षक संघ, सुर्खेतको २६औं जिल्ला प्रतिनिधिसभा सम्पन्न।

चैत १६, २०८१ नेपाल शिक्षक संघ, सुर्खेतको २६औं जिल्ला प्रतिनिधिसभा आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ। उक्त सभामा प्रमुख अतिथि लगायतका वक्ताहरुले शुभकामना मन्तव्यका क्रममा नेपाल शिक्षक संघले नेपालको शैक्षिक आन्दोलनमा खेलेको भूमिका र यसबाट प्राप्त उपलब्धिहरुबारे चर्चा गर्दै हालको जारी शैक्षिक आन्दोलनको मर्म र भावना अनुरुप जायज मागहरुको अविलम्व सम्वोधन गर्दै संघीय संसदले तत्काल विद्यालय …

नेपाल शिक्षक संघ, सुर्खेतको २६औं जिल्ला प्रतिनिधिसभा सम्पन्न। Read More »

शिक्षा विकास तथा समन्वय इकाई, सुर्खेतका प्रमुख श्री महेश केशर खनालज्यूलाई स्वागत तथा बधाई ज्ञापन।

चैत २, २०८१ शिक्षा विकास तथा समन्वय इकाई, सुर्खेतका इकाई प्रमुख श्री महेश केशर खनालज्यूलाई सुर्खेतमा सरुवा तथा पदस्थापन हुनुभएकोमा नेपाल शिक्षक संघ, सुर्खेतद्वारा स्वागत तथा बधाई ज्ञापन गरिएको छ। नेपाल शिक्षक संघका विभिन्न तहका नेतृत्वहरुको प्रतिनिधिमूलक उपस्थिति रहेको उक्त कार्यक्रममा इकाई प्रमुखज्यूले शिक्षा क्षेत्रका आफ्ना प्रशासनिक एवम् व्यावहारिक अनुभवहरु शेयर गर्नुभएको थियो।

Scroll to Top