बैशाख २७, २०८२


नेपाल शिक्षक संघ, सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा नेपाली काँग्रेससँग आन्तरिक छलफल र अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल शिक्षक संघ, सुर्खेतका गतिविधिहरुको बारेमा प्रवोधिकरण गर्ने, संगठन सुधार तथा समसामयिक विषयवस्तुमा आन्तरिक छलफल गरी आगामी कार्यक्रमहरु निर्धारण गर्ने, नेपाल शिक्षक महासंघद्वारा सञ्चालित काठमाडौ केन्द्रित शैक्षिक आन्दोलनमा विभिन्न माध्यमबाट सहयोग गर्ने शिक्षक कर्मचारी एवम् नेतागणलाई धन्यवाद प्रकट गर्ने लगायतका उद्देश्यले आयोजित सो कार्यक्रममा वक्ताहरूले जिल्ला र पालिकागतरुपमा नेपाल शिक्षक संघ, महासंघ, पार्टी र स्थानीय तहबाट भए गरेका शैक्षिक सरोकारका सन्दर्भमा गतिविधिहरु, आफ्ना अनुभव एवम् धारणाहरु राख्नुभएको थियो।


जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर रावतको अध्यक्षतामा र नेपाली काँग्रेस, सुर्खेतका सभापति एवम् पूर्व सामाजिक विकास मन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य माननीय खड्गबहादुर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरु नेपाली काँग्रेस, सुर्खेतका उपसभापतिद्वय टोपबहादुर रावत र विष्णु बहादुर खड्का, सहसचिव प्रकाश डि.सी., क्षेत्र नं.१ का सभापति झक बहादुर डांगी, पालिका सभापतिहरु राम बहादुर सिंह, उपेन्द्र खड्का र भिम बहादुर भण्डारी, नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्य समितिका वरिष्ठ उपाध्यक्ष मक्क बहादुर बुढा, उपाध्यक्ष बालाराम अधिकारी, नेपाल शिक्षक महासंघ, सुर्खेतका अध्यक्ष ढाल बहादुर खत्री, संघका पूर्व जिल्ला अध्यक्ष गोविन्दराज गिरी, सुझाव समिति सदस्य यामलाल घिमिरे लगायत रहनुभएको थियो। त्यसैगरी सो कार्यक्रममा नेपाल शिक्षक संघ, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु र पालिका अध्यक्षहरुका साथै नेपाल शिक्षक महासंघका पालिका अध्यक्ष तथा सचिवहरुको समेत सहभागिता रहेको थियो।


कार्यक्रमको उद्देश्य, औचित्य र प्रस्तावहरुको विस्तृतिकरण सहितको प्रस्तुति अध्यक्ष सुरेन्द्र बहादुर रावतले गर्नुभएको थियो र उपाध्यक्ष अमृता सापकोटाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र बहादुर सिंहले गर्नुभएको थियो।
