जेष्ठ २६, २०८२

नेपाल शिक्षक संघ, कर्णाली प्रदेशको छैटौं प्रतिनिधिसभा आज वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ।
कर्णाली प्रदेश अध्यक्ष मान बहादुर रोकायको अध्यक्षता र संघीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष इलम बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा संघीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वहरुको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो।
यस अवसरमा नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतलाई कार्य सम्पादन मूल्याङ्कनका आधारमा कर्णाली प्रदेशको उत्कृष्ट जिल्ला, भेरीगंगा नगरपालिकालाई उत्कृष्ट पालिका र ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि. सुर्खेतलाई उत्कृष्ट सहकारी संस्था घोषणा गर्दै सम्मानित गरिएको छ।


नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेत तथा ९ वटै पालिकाका स्थानीय कार्य समितिहरु र आवद्ध सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई एवम् यस किसिमको महत्वपूर्ण सम्मान गर्ने कर्णाली प्रदेश कार्य समितिप्रति हार्दिक आभार।


