नेपाल शिक्षक संघ, सुर्खेतको २६औं जिल्ला प्रतिनिधिसभा सम्पन्न।

चैत १६, २०८१
नेपाल शिक्षक संघ, सुर्खेतको २६औं जिल्ला प्रतिनिधिसभा आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ। उक्त सभामा प्रमुख अतिथि लगायतका वक्ताहरुले शुभकामना मन्तव्यका क्रममा नेपाल शिक्षक संघले नेपालको शैक्षिक आन्दोलनमा खेलेको भूमिका र यसबाट प्राप्त उपलब्धिहरुबारे चर्चा गर्दै हालको जारी शैक्षिक आन्दोलनको मर्म र भावना अनुरुप जायज मागहरुको अविलम्व सम्वोधन गर्दै संघीय संसदले तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। त्यसैगरी नेपाल शिक्षक संघ, सुर्खेतले गरेको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा संघको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक सल्लाह सुझाव र निर्देशन समेत दिनुभएको छ।
उक्त प्रतिनिधिसभाका अवसरमा यस वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने दुई पालिकाहरु वीरेन्द्रनगर नगर कार्य समिति र चिङ्गाड गाउँ कार्य समिति, सदस्यता वृद्धितर्फ चौकुने गाउँ कार्य समिति, वेबसाइटमा सम्पूर्ण तथ्यांक अभिलेखिकरण कार्य सम्पन्न गर्ने लेकवेशी नगर कार्य समिति, विद्यार्थी मूल्यांकन साधनको अधिकतम उपयोग गर्ने गुर्भाकोट नगर कार्य समिति, मूल्यांकन साधनको बारेमा विभिन्न पालिकामा सहयोगार्थ सहजीकरण गर्ने मा.वि.बडाखोलीका शिक्षक कृष्ण प्रकाश आर.सी.लाई सम्मान गरिनुका साथै संगठन सुदृढिकरणमा महत्वपूर्ण योगदान गर्नुभएका नेपाल शिक्षक संघ, वीरेन्द्रनगरका अध्यक्ष स्व.मान बहादुर वि.सी.लाई मरणोपरान्त सम्मान समर्पण गरिएको थियो।
जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर रावतबाट संस्थागत दृष्टिकोण र नीतिसहितको प्रतिवेदन पेश भएको सो सभामा उपाध्यक्ष अमृता सापकोटाले महिला विभागको प्रतिवेदन, सचिव भुपेन्द्र बहादुर सिंहले सांगठनिक प्रतिवेदन, सचिव (अर्थ) नवीन कुमार महताराले आर्थिक प्रतिवेदन, संयोजक विष्णु चपाँइले सहकारी विभागको प्रतिवेदन, संयोजक किशोर भट्टराइले प्रशिक्षण विभागको प्रतिवेदन र संयोजक मीनराज पन्तले आन्तरिक लेखापरिक्षण प्रतिवेदन पेश गर्नुभएको थियो। उक्त प्रतिवेदनहरु उपर ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.का पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेस, भेरीगंगा नगर सभापति राम बहादुर सिंहले लिखितरुपमा सुझाव दिनुभएको थियो भने चौकुने गाउँ कार्य समितिका अध्यक्ष जगतराज जोशी, पञ्चपुरी नगर कार्य समितिका अध्यक्ष हिरामणी पौड्याल लगायतका सहभागीहरुले आफ्ना धारणाहरु सहित महत्वपूर्ण सुझाव तथा टिप्पणीहरु राख्नुभएको थियो।
नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतका अध्यक्ष सुरेन्द्र बहादुर रावतको अध्यक्षता र नेपाली काँग्रेस, केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवम् कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता माननीय जीवन बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा विशिष्ट अतिथि नेपाल शिक्षक संघ, संघीय कार्य समितिका बरिष्ठ उपाध्यक्ष इलम बहादुर शाही, विशेष अतिथिहरु नेपाली काँग्रेस, जिल्ला कार्य समिति, सुर्खेतका सभापति एवम् कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री माननीय खड्ग बहादुर पोखरेल र नेपाल शिक्षक संघ, कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष मान बहादुर रोकाया, अतिथिहरु नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष झक बहादुर डांगी, नेपाल शिक्षक संघ, संघीय कार्य समिति सदस्य कृष्ण प्रसाद सापकोटा, नेपाली काँग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत, सचिव बालदीप कँडेल, नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका निवर्तमान सदस्य दुर्गा शाक्य, नेपाल शिक्षक संघ, कर्णाली प्रदेश कार्य समितिका उपाध्यक्ष एवम् ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.का अध्यक्ष बालाराम अधिकारी, महासचिव कृष्ण बहादुर थापा, नेपाल शिक्षक महासंघ, कर्णाली प्रदेश समितिका निवर्तमान महासचिव गोविन्द प्रसाद ढकाल, नेपाल ट्रेड युनियन काँगे्रस, कर्णाली प्रदेश कार्य समिति सचिव दिपेन्द्र कुमार डाँगी, नेपाल शिक्षक महासंघ, सुर्खेतका अध्यक्ष ढाल बहादुर खत्री, नेपाल शिक्षक संघ, कर्णाली प्रदेश कार्य समितिका निवर्तमान उपमहासचिव गोकुल पाण्डे, पूर्व जिल्ला अध्यक्षहरु दोर्णराज पाठक, गोविन्दराज गिरी, नेपाली काँगे्रस भेरीगंगा नगर सभापति राम बहादुर सिंह, वीरेन्द्रनगर सभापति उपेन्द्र खड्का, नेपाल टे«ड युनियन काँग्रेस, संघीय श्रम विभाग सदस्य खगीसरा शाही, कर्णाली प्रदेश कार्य समिति सदस्यहरु गणेश प्रसाद ढकाल, वेद प्रसाद भट्टराई, नेपाल शिक्षक संघ, कर्णाली प्रदेश सदस्य ध्रुव उपाध्याय, खड्ग बहादुर चन्द, हिरामणी पोखरेल, खगेन्द्र खत्री, निवर्तमान सदस्य नवराज घिमिरे, नेपाल शिक्षक संघ, सल्यानका सचिव ललित पुन, नेपाल शिक्षक महासंघ, सुर्खेतका निवर्तमान उपाध्यक्ष सरस्वती बस्नेत, सचिव राजेन्द्र गौतम, पत्रकार कमल पन्त, स्व.मान बहादुर वि.सी.का धर्मपत्नी मनरुपा वि.सी. लगायत विभिन्न तहका नेतृत्वहरु रहनुभएको थियो।
प्रमुख अतिथिज्यूबाट २६औं जिल्ला प्रतिनिधिसभाको समुद्घाटनका क्रममा नेपाल शिक्षक संघ, कर्णाली प्रदेश सदस्य ध्रुव उपाध्यायले स्वस्ति वाचन गर्नुभएको थियो भने उपाध्यक्ष अमृता सापकोटाले स्वागत मन्तव्य राख्नुभएको सो सभाको उद्घाटन सत्र सचिव भुपेन्द्र बहादुर सिंह र बन्द सत्र सहसचिव भुपेन्द्र प्रसाद सुवेदीले सञ्चालन गर्नुभएको थियो।

ताजा लेखहरू

नेपाल शिक्षक संघ, सुर्खेतको २६औं जिल्ला प्रतिनिधिसभा सम्पन्न।

चैत १६, २०८१ नेपाल शिक्षक संघ, सुर्खेतको २६औं जिल्ला प्रतिनिधिसभा आज वीरेन्द्रनगरमा सम्पन्न......

नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरको छैठौं नगर प्रतिनिधी सभा सम्पन्न।

फाल्गुन ७, २०८१ नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरको छैठौं नगर प्रतिनिधी सभा सम्पन्न भएको......

नेपाल शिक्षक संघ, गुर्भाकाेट नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधिसभा आज सम्पन्न।

फाल्गुन १०, २०८१ नेपाल शिक्षक संघ, गुर्भाकाेट नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधिसभा आज......