नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरको छैठौं नगर प्रतिनिधी सभा सम्पन्न।

फाल्गुन ७, २०८१
नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरको छैठौं नगर प्रतिनिधी सभा सम्पन्न भएको छ।
नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरका कार्यवाहक अध्यक्ष श्री सविता मल्लज्यूको अध्यक्षता र पूर्व केन्द्रीय उपाध्यक्ष श्री झक बहादुर डाङ्गीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा विेशेष अतिथि कर्णाली प्रदेश वरिष्ठ उपाध्यक्ष श्री मक्क बहादुर बुढा, प्रदेश उपाध्यक्ष एवम् ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्थाका अध्यक्ष श्री बालाराम अधिकारी, नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका पूर्व सदस्य श्री दुर्गा शाक्य, जिल्ला अध्यक्ष श्री सुरेन्द्र रावत, पूर्व अध्यक्ष श्री दोर्णराज पाठक लगायत प्रदेश सदस्य श्री ध्रुवराज उपाध्याय, हिरामणी पोख्रेल,नेपाली काङ्ग्रेस वीरेन्द्रनगर सभापति श्री उपेन्द्र खडका, भेरीगंगा नगर सभापति श्री राम बहादुर सिंह, केन्द्रीय संचार विभाग सदस्य श्री पूर्ण बहादुर नेपाली, ट्रेड युनियन काङ्ग्रेस विभाग सदस्य श्री खगीसरा शाही, प्रदेश सदस्य श्री गणेश ढकाल, जिल्ला उपाध्यक्ष श्री अमृता सापकोटा, सचिव भुपेन्द्र बहादुर सिंह, अर्थ सचिव नविन कुमार महतारा, सहसचिव तारा पोख्रेल, तारा बुढा, हिमा कुमारी अधिकारी, पूर्व कर्णाली प्रदेश सदस्य श्री नवराज घिमिरे, ट्रेड युनियन काङ्ग्रेश जिल्ला उपाध्यक्ष मणीराम लामिछाने, नेपाल शिक्षक महासंघ, पूर्व जिल्ला सचिव श्री राजेन्द्र गौतम, वीरेन्द्रनगर अध्यक्ष श्री तेजकुमारी चपाइ , पूर्व अध्यक्ष श्री गणेश प्रसाद पैाडेल, बाल विकास शिक्षक जिल्ला अध्यक्ष निर्मला सुबेदी, श्री संघिय प्रतिनिधि श्री दिपा चन्द, श्री नैनसरा बुढा लगायत कार्यसमितिका पदाधिकारीहरु, वडा संयोजकहरु, नेपाल शिक्षक संघका विशिष्ट, कर्मठ र साधारण सदस्यज्यूहरुको उपस्थितिमा नेपाल शिक्षक संघ, वीरेन्द्रनगरका अध्यक्ष स्व.मान बहादुर वि सि ज्यू लगायत शहिदहरुकाे सम्झनामा माैनधारण गरी श्रद्धाञ्जली अर्पण गरियाे र नेपाली काङ्ग्रेस, सुर्खेतको सभाहलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।
उपाध्यक्ष श्री कुमारी बिन्द्रा बडुवालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो सभाको सञ्चालन संचालन वीरेन्द्रनगरका सचिव श्री धनराज रावतले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि, र अतिथिज्यूहरुले शुभकामना मन्तव्य राख्दै संघ र पाटीलाई बलियो र सुढृढ बनाउनको लागि सबैको सहकार्य, सहभागिता र एकताको खाँचो रहेको कुरा व्यक्त गर्नुभयो।

ताजा लेखहरू

उत्कृष्ट कार्य सम्पादनमा सुर्खेत जिल्ला सम्मानित।

जेष्ठ २६, २०८२ नेपाल शिक्षक संघ, कर्णाली प्रदेशको छैटौं प्रतिनिधिसभा आज वीरेन्द्रनगर, सुर्खेतमा......

नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा सम्पन्न।

– भुपेन्द्र बहादुर सिंह जेष्ठ ३१, २०८२ नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा......