फाल्गुन १०, २०८१

नेपाल शिक्षक संघ, गुर्भाकाेट नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधिसभा आज सूर्यज्याेति मावि, मेहेलकुनामा सम्पन्न भएको छ।
नेपाल शिक्षक संघ, नगर कार्य समिति, गुर्भाकाेट सुर्खेतका अध्यक्ष भाेजराज पाैडेलको अध्यक्षता तथा कर्णाली प्रदेश सभासद एवं पूर्व सामाजिक बिकास मन्त्री माननीय खड्ग बहादुर पाेखरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतिनिधि सभामा नगर कार्यसमितिको तर्फबाट अध्यक्ष भाेजराज पाैडेलले सांगठनिक प्रतिवेदनमार्फत् हालसम्म भएगरेका गतिविधीहरु जानकारी गराउनु भएको थियो।
विशेष अतिथि गुर्भाकाेट नगरपालिकाका मेयर हस्त पुन, उपमेयर मैना बिक, नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सदस्य चित्र बहादुर रेग्मी, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश महासचिव गाेविन्द ढकाल, गुर्भाकाेट नगरपालिकाका सामाजिक बिकास समितिका संयाेजक बासुदेव शर्मा तथा अतिथिहरु नेपाल शिक्षक महासंघ, सुर्खेतका अध्यक्ष ढाल बहादुर खत्री, नेपाल ट्रेड युनियन कर्णाली प्रदेश सदस्य बेद प्रसाद भट्टराई, नेपाल शिक्षक संघ सुर्खेतका उपाध्यक्ष अमृता सापकोटा, ज्ञानकुञ्ज शैक्षिक सहकारीका उपाध्यक्ष नेम बहादुर वली तथा सहकारी विभाग संयाेजक बिष्णु चपाँई, नेपाल लाेकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य मंगल श्रेष्ठ, नेपाल शिक्षक महासंघ गुर्भाकाेटका अध्यक्ष कृष्ण प्रकाश आरसी, नेपाल शिक्षक संघ गुर्भाकाेटका सल्लाहकारद्वय गंगा प्रसाद भट्ट र हिक्मत राेका, गुर्भाकाेट बालविकास संयाेजक देवी घर्ती लगायतका अतिथिहरु उपस्थित उक्त प्रतिनिधि सभाकाे सञ्चालन सचिव चन्द्रप्रकाश वली र स्वागत मन्तव्य उपाध्यक्ष भिम नगालले गर्नुभएको थियो।


अतिथि वक्ताहरूले नेपाल शिक्षक संघले हालसम्म उठान गरेका शैक्षिक मुद्दाहरु, शैक्षिक आन्दोलनमा भएका सहमतिहरु, नेपाल शिक्षक संघको अभियान, सञ्चालित कार्यक्रम र यसको उद्देश्य, नेपाली काँग्रेस र नेपाल शिक्षक संघ, ट्रेड युनियन अधिकार र पेशागत उत्तरदायित्व, हाम्रो एकताको अपरिहार्यता सामुदायिक विद्यालय सुधारका लागि प्रविधीमैत्री तथा बालबालिकामैत्री शिक्षण सिकाइमा जाेड दिनुपर्ने धारणा तथा ज्ञानकुञ्ज शैक्षिक सहकारीको सदस्यताकाे आवश्यकता लगायतमा आफ्ना धारणाहरु राख्नुभएको थियो। यसैगरी भर्खरै दिवंगत हुनुभएका नेपाल शिक्षक संघ, विरेन्द्रनगरका अध्यक्ष मान बहादुर बिसी र नेपाल शिक्षक संघ, भेरीगंगाका वडा संयाेजक उपेन्द्र खड्का लगायत दिवंगत शिक्षकहरुकाे सम्मानमा समवेदना व्यक्त गरिएको थियो भने आवि ओखले गुर्भाकाेट ५ का निवृत्त शिक्षक शुकदेव पाैडेललाई सम्मान गरिएको थियो। त्यसैगरी सो सभामा नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान समेत गरिएको थियोे।




