नेपाल शिक्षक संघ, सुर्खेतको २५औं जिल्ला प्रतिनिधिसभा सुर्खेतको वीरेन्द्रनगरमा यहि मिति २०८० फाल्गुन २७ गते सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवम् निवर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभा सदस्य जानकी सिंह र नेपाल शिक्षक संघ,संघीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष इलम बहादुर शाही रहनुभएको थियो।
शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि नेपालि काँग्रेस केन्द्रीय उपसभापति खड्काले संसदमा छलफलका क्रममा रहेको शिक्षा विधेयकका सम्बन्धमा आफु शुरुदेखिनै यस विषयमा प्रत्यक्ष सहभागी हुनुको नाताले विधेयकको मस्यौदा तयारी देखि शिक्षक आन्दोलनको अवधि र त्यसपछिका घटनाक्रमका बारे आफ्नो अनुभव र आफुले खेलेको भूमिकाबारे प्रष्ट पार्दै विधेयकमा समेट्नुपर्ने सम्झौताका सबै विषयहरुका बारेमा सरकार र नेपाली कांग्रेस पार्टी संधै सकारात्मक रहेको, नेपालको संविधानले अनुमति दिने र वर्तमान अर्थतन्त्रले धान्न सक्ने शिक्षकका सबै मागहरू पूराहुने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभएको थियो।
त्यसैगरी विशिष्ट अतिथि संघीय समितिका वरिष्ठ उपाध्यक्ष इलम बहादुर शाहीले संघर्ष समितिको संयोजक हुँदै गर्दा शिक्षक आन्दोलनको सन्दर्भ र सरकारसँग भएका सम्झौताहरुबारे जानकारी गराउनुभएको थियो।
विशेष अतिथि र अतिथि वक्ताहरुले शुभकामना मन्तव्यका क्रममा नेपाल शिक्षक सुर्खेतले पछिल्लो समयमा गरिरहेको नवप्रवर्तनात्मक सांगठनिक गतिविधिहरुले सुर्खेत जिल्ला र समग्र कर्णाली प्रदेशमै अनुकरणीय सन्देश दिइरहेको साथै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सबै शिक्षकहरूले आफ्नो अधिकार सँगसँगै कर्तव्यपालना र आधुनिक समयको आवश्यकता अनुरुपको जिम्मेवारी तथा भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।
विशेष अतिथिहरु नेपाली कांग्रेस सुर्खेतका सभापति एवम् कर्णाली प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष भगवती श्रेष्ठ, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष एवम् नेपाली कांग्रेस क्षेत्र नं.१,सुर्खेतका सभापति झक बहादुर डाँगी र नेपाल शिक्षक संघ, कर्णाली प्रदेश अध्यक्ष मान बहादुर रोकाय रहनुभएको थियो।
उक्त सभामा यस वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाहरु मध्ये भेरीगंगा र पञ्चपुरी नगर कार्य समिति, नेपाल शिक्षक संघ सुर्खेतको वेबसाईट निर्माणकर्ता लक्ष्मण केसी र निवर्तमान कावा अध्यक्ष अम्बिका चपाँईलाई सम्मान समेत गरिएको थियो।
सभाको बन्दसत्रमा जिल्ला कार्य समितिको तर्फबाट अध्यक्ष सुरेन्द्र बहादुर रावतले प्रस्तुत गर्नुभएको प्रतिवेदन, उपाध्यक्ष अमृता सापकोटाबाट प्रस्तुत महिला विभागको प्रतिवेदन, सचिव भुपेन्द्र बहादुर सिंहबाट प्रस्तुत सांगठनिक प्रतिवेदन, सचिव (अर्थ) नवीन कुमार महताराबाट प्रस्तुत आर्थिक प्रतिवेदन र सहकारी विभाग संयोजक विष्णु चपाँईबाट प्रस्तुत प्रतिवेदन उपर छलफल भई सुझाव सहित उक्त प्रतिवेदनहरु पारित गरिएका थिए।
नेपाल शिक्षक संघ, सुर्खेतका अध्यक्ष सुरेन्द्र बहादुर रावत सभाध्यक्ष रहनुभएको सो सभामा उपाध्यक्ष अमृता सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सभाको सञ्चालन सचिव भुपेन्द्र बहादुर सिंहले गर्नुभएको थियो।
नेपाल शिक्षक संघ, संघीय सदस्य कृष्ण प्रसाद सापकोटा, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य दुर्गा शाक्य, नेपाली कांग्रेस सुर्खेतका निवर्तमान पार्टी सभापति कमलराज रेग्मी, नेपाल शिक्षक संघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष मक्क बहादुर बुढा, उपाध्यक्षद्वय बालाराम अधिकारी र दिनेश सिंह, महासचिव कृष्ण बहादुर थापा, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश महासचिव गोविन्द प्रसाद ढकाल, नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश सचिव दिपेन्द्र कुमार डांगी, नेपाल शिक्षक संघ पूर्व संघीय सदस्य एवम् जिल्ला कार्य समिति सुर्खेतका सल्लाहकार याम बहादुर श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस सुर्खेतका जिल्ला उपाध्यक्ष निशा सुवेदी, नेपाल शिक्षक महासंघ सुर्खेतका अध्यक्ष ढाल बहादुर खत्री, नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष रेशम बहादुर नेपाली, नेपाल शिक्षक संघ, सुर्खेतका पूर्व अध्यक्ष एवम् सल्लाहकार द्रोणराज पाठक, पूर्व अध्यक्ष एवम् सुझाव समिति सदस्य गोविन्दराज गिरी, निवर्तमान का.वा.अध्यक्ष एवम् सल्लाहकार अम्बिका चपाँई, नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष डिलाराम भण्डारी, नेपाल राष्ट्रिय शिक्षक परिषद् सुर्खेतका अध्यक्ष नवराज खड्का, नेपाल शिक्षक संघ कर्णाली प्रदेशका निवर्तमान उपमहासचिव गोकुल पाण्डे, सदस्यद्वय ध्रुव उपाध्याय र खड्ग बहादुर चन्द, नेपाल शिक्षक संघ सुर्खेतका सुझाव समिति सदस्य यामलाल घिमिरे, नेपाली कांग्रेस भेरीगंगा नगर सभापति राम बहादुर सिंह, वीरेन्द्रनगर नगर सभापति उपेन्द्र खड्का, नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश सदस्यद्वय गणेश प्रसाद ढकाल र वेद प्रसाद भट्टराई, संघीय प्रतिनिधि खगिसरा शाही, नेपाल शिक्षक महासंघ सुर्खेतका निवर्तमान उपाध्यक्ष सरस्वती बस्नेत लगायतका विभिन्न तहका पदाधिकारीहरुअतिथिको रुपमा रहनुभएको थियो।
