वीरेन्द्रनगर नगरपालिका-६ को वडा शिक्षक भेला सम्पन्न।

माघ ३०, २०८१
नेपाल शिक्षक संघ, नगर कार्य समिति, वीरेन्द्रनगर नगरपालिका र ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.को सहकार्यमा वीरेन्द्रनगर-६ को वडा शिक्षक भेला आज जन मावि, वीरेन्द्रनगरको सभाकक्षमा सम्पन्न भयो।
वडा संयोजक श्री भगवती कोइरालाको अध्यक्षता र पूर्व शिक्षक नेता एवम् नेपाली कांग्रेस, क्षेत्र नं.१, सुर्खेतका सभापति श्री झक बहादुर डांगीको प्रमुख आतिथ्यता रहेको सो भेलामा विशेष अतिथिहरु नेपाल शिक्षक संघ, संघीय कार्य समितिका निवर्तमान सदस्य श्री याम बहादुर श्रेष्ठ, नेपाल शिक्षक महासंघ, संघीय समितिका निवर्तमान सदस्य श्री दुर्गा शाक्य, नेपाल शिक्षक संघ, कर्णाली प्रदेश कार्य समितिका उपाध्यक्ष एवम् ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.का अध्यक्ष श्री बालाराम अधिकारी, नेपाल शिक्षक संघ, कर्णाली प्रदेश सदस्य श्री हिरामणी पोखरेल, नेपाल ट्रेड युनियन कांग्रेसका विभागीय सदस्य श्री खगीसरा शाही, नेपाल शिक्षक संघ, केन्द्रीय सूचना, सञ्चार तथा प्रकाशन विभागका सदस्य श्री पूर्ण बहादुर नेपाली, नेपाल शिक्षक संघ, सुर्खेतका पूर्व जिल्ला अध्यक्ष श्री पद्म प्रसाद गौली र अतिथिहरु नेपाली कांग्रेस वीरेन्द्रनगर नगर सभापति श्री उपेन्द्र खड्का, नेपाल शिक्षक संघ, जिल्ला कार्य समितिका उपाध्यक्ष श्री अमृता सापकोटा, सचिव श्री भुपेन्द्र बहादुर सिंह, नेपाल ट्रेड युनियन कांग्रेस, सुर्खेतका उपाध्यक्ष श्री मणिराम लामिछाने, नेपाल शिक्षक महासंघ, वीरेन्द्रनगरका अध्यक्ष श्री तेज कुमारी जि.सी., नेपाल शिक्षक संघ, वीरेन्द्रनगर नगर कार्य समितिका का.वा.अध्यक्ष श्री सविता मल्ल, नेपाली कांग्रेस, वीरेन्द्रनगर-६ का का.वा.वडा सभापति श्री टोपेन्द्र जंग शाही लगायत विभिन्न तहका नेतृत्वहरु रहनुभएको थियो।
वीरेन्द्रनगर नगर कार्य समितिका का.वा.अध्यक्ष श्री सविता मल्लले भेला आयोजना गर्नुको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि लगायतका अतिथि वक्ताहरूले नेपाल शिक्षक संघको आवश्यकता र महत्व, संघमा आवद्ध शिक्षकहरूले गर्नुपर्ने दायित्व बोध, यस वडामा अवस्थित जन मा.वि.मा कार्यरत शैक्षिक नेतृत्वहरुको सांगठनिक रुपमा ऐतिहासिक पृष्ठभुमि र उहाँहरुबाट सिक्नुपर्ने कुराहरू, नेपाली कांग्रेस र नेपाल शिक्षक संघ बीचको अन्तरसम्बन्ध, नेपाल शिक्षक संघ, सुर्खेतका वर्तमान गतिविधिहरु लगायतका विभिन्न सन्दर्भमा संक्षिप्तमा चर्चा गर्नुभएको थियो।
वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका १६ ओटै वडाहरुमा चरणवद्ध रुपमा आज सम्पन्न गरिएको भेलाहरु मार्फत वडा कार्य समितिको पूर्णता, वडा तहसम्मको नेपाल शिक्षक संघ र नेपाली कांग्रेसबीचको सु-सम्बन्ध कायम गर्ने र नगर अध्यक्ष स्व.मान बहादुर वि.सी.को स्मृतिमा अक्षयकोष स्थापना तथा नेपाल शिक्षक संघको भवन निर्माणको अभियानलाई अगाडी बढाउने लक्ष्य सहित सम्पूर्ण वडाहरुमा यस किसिमको भेला सम्पन्न गरिएको छ।

ताजा लेखहरू

नेपाल शिक्षक संघ, गुर्भाकाेट नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधिसभा आज सम्पन्न।

फाल्गुन १०, २०८१ नेपाल शिक्षक संघ, गुर्भाकाेट नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधिसभा आज......

नेपाल शिक्षक संघ, चाैकुने गाउँपालिकाकाे छैटौं प्रतिनिधि सभा सम्पन्न।

माघ २६, २०८१ नेपाल शिक्षक संघ, चाैकुने गाउँपालिकाकाे छैटौं प्रतिनिधि सभा गाउँ कार्यसमितिका......