नेपाल शिक्षक संघ, भेरीगंगा नगरपालिका, सुर्खेतको छैठौं प्रतिनिधिसभा सम्पन्न।

माघ २६ ,२०८१
नेपाल शिक्षक संघ, भेरीगंगा नगरपालिका, सुर्खेतको छैठौं प्रतिनिधिसभा शारदा मा.वि. छिञ्चुमा सम्पन्न भएको छ।
नेपाल शिक्षक संघ, नगर कार्य समिति, भेरीगंगा सुर्खेतका अध्यक्ष कुलबहादुर वलीको अध्यक्षता तथा नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष मानबहादुर रोकायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतिनिधि सभामा नगर कार्यसमितिको तर्फबाट अध्यक्ष कुल बहादुर वलीले सांगठनिक प्रतिवेदनमार्फत् हालसम्म भएगरेका गतिविधीहरुमा पाँचौ नगर प्रतिनिधीसभा, सदस्यता विस्तार, अभिमुखिकरण तालिम सञ्चालन, तिज मिलन तथा प्रशिक्षण कार्यक्रम , महिला विभाग गठन , वडा भेलाहरु, शिक्षण विधी सम्बन्धी तालिम सञ्चालन, सहयोग तथा संलग्नता, सचिवालय तथा पूर्ण बैठक, संस्थागत सहभागिता लगायतका विषयमा जानकारी गराउनुका साथै आगामी योजनाहरु अन्तर्गत कर्मठ तथा विशिष्ट सदस्यता वृद्धि, वडा कार्य समिति गठन, तीज मिलन तथा प्रशिक्षण कार्यक्रम, राहत वितरण, भेला, अन्तर्क्रीया तथा छलफल कार्यक्रम, ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्थाको शेयर सदस्यता वृद्धि, पेशागत तथा क्षमता विकासका विभिन्न तालिम प्रशिक्षणहरु, समन्वय तथा सहभागिता र पैरवीका कार्यहरु गर्ने सम्बन्धमा प्रस्तावहरु पेश गर्नुभएको थियो ।
विगतका अभ्यासहरु भन्दा फरक मोडेलमा सञ्चालित सो प्रतिनिधीसभामा प्रशिक्षण कार्यक्रमलाई समेत विशेष प्राथमिकतामा राखिएकोे थियो। प्रमुख अतिथि रहनुभएका नेपाल शिक्षक संघ, कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष मान बहादुर रोकायले नेपाल शिक्षक संघको सांगठनिक संरचना, नेपाल शिक्षक संघले हालसम्म उठान गरेको शैक्षिक मुद्दाहरु, शैक्षिक आन्दोलनमा भएका सहमतिहरु, नेपाल शिक्षक संघको अभियान, सञ्चालित कार्यक्रम र यसको उद्देश्य, नेपाली काँग्रेस र नेपाल शिक्षक संघ, समग्रतामा साथीहरुको बुझाई एक समिक्षा, ट्रेड युनियन अधिकार र पेशागत उत्तरदायित्व, हाम्रो एकताको अपरिहार्यता किन लगायतका विविध विषयमा सहजीकरण गर्नुभएको थियो।
शुभकामना मन्तव्यका क्रममा नेपाली कांग्रेस क्षेत्र नं १, सुर्खेतका सभापति झकबहादुर डाङ्गीले शिक्षकहरुले वर्तमान समयसापेक्ष प्रविधीमैत्री तथा बालबालिकामैत्री शिक्षण सिकाइ गरि सामुदायिक विद्यालय सुधार गर्नुपर्ने धारणा राख्नुभएको थियो त्यस्तै विशेष अतिथि एवम् नेपाल शिक्षक संघ, कर्णाली प्रदेश कार्य समितिका उपाध्यक्ष एवम् ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्थाका अध्यक्ष बालाराम अधिकारीले नेपाल शिक्षक संघका सबै सदस्यहरु एकता र मेलमिलापको भावना अनुरुप अगाडी बढीरहेको र ज्ञानपुञ्ज सहकारीमार्फत भइरहेका सदस्य सेवाका बारेमा अवगत गराउनुभएको थियो। त्यसैगरी शुभकामना मन्तव्य राख्दै सभाका अतिथि नेपाली कांग्रेस भेरीगंगाका सभापति रामबहादुर सिंहले पार्टी र नेपाल शिक्षक संघको आपसी सम्बन्ध तथा सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि शिक्षकहरु कर्तव्यनिस्ठ हुनुपर्ने बताउनुभएको थियो। त्यसैगरि अतिथि भेरीगंगा सामाजिक बिकास समिति संयोजक तथा वडा नं ६ अध्यक्ष लालसिंह बुढाक्षेत्रीले शिक्षकहरुले अधिकार र कर्तव्य सङ्गसङ्गै लैजानपर्ने बताउँदै भेरीगंगाको शैक्षिक सुधारका निमित्त सबै पक्षको साथ सहयोगको आवस्यकता पर्ने र आफुहरु प्रयासरत रहेको बताउनुभएको थियो भने अतिथि नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतका सचिव भुपेन्द्र बहादुर सिंहले जिल्लास्तरीय गतिविधिहरुबारे जानकारी गराउनुभएको थियो। सभामा नेपाल शिक्षक महासंघ, भेरीगंगाका अध्यक्ष भक्त बहादुर रावतले नेपाल शिक्षक महासंघ भेरीगंगाका गतिविधि लगायत समसामयिक कुराहरु सहित महत्वपूर्ण सल्लाह सुझावका साथ शुभकामना मन्तव्य राख्नुभएको थियो। नेपाल शिक्षक संघ भेरीगंगाका सल्लाहकार लालबहादुर खड्काले नेपाल शिक्षक संघले आफ्ना भेला, बैठकहरुमा शिक्षण सिकाइ सहजीकरण सम्बन्धि प्रशिक्षण लाई जोडनु पर्ने र सबै शिक्षकहरु कर्तब्यनिस्ट भएर विद्यालयमा आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने कुरा राख्नुभएको थियो। सभाका प्रमुख अतिथी नेपाल शिक्षक संघ, कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष मानबहादुर रोकायले नेपाल शिक्षक संघ संघिय कार्य समिति र कर्णाली प्रदेश कार्य समितिबाट भएगरेका समसामयिक गतिविधीहरुबोर जानकारी गराउँदै पेशागत मर्यादा उच्च राख्न कर्तव्य पालनामा इमान्दार रहिरहन, विद्यालयहरुमा भइरहेका असल अभ्यासहरुको आदानप्रदान गर्न र संगठन सुदृढीकरण तथा विस्तारका लागि सबै सदस्यहरु उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
नयाँ सदस्यहरुको स्वागत, तहगत बढुवा हुनुहुने शिक्षकहरुलाई सम्मान समेत गरिएको उक्त सभामा उत्कृष्ट वडा संयोजकको रुपमा वडा नं.२ का संयोजक राम बहादुर बुढालाई सम्मान गरिएको थियो भने भेरीगंगा-१२ का वडा संयोजक अम्बर बहादुर थापा लगायतले स्वागत गीत र विविध सांस्कृतिक प्रस्तुतिहरु राख्नुभएको थियो साथै ने.रा.मा.बि.लोदेका प्रधानाध्यापक भानुप्रसाद शर्माले कविता वाचन गर्नुभएको उक्त छैठौं प्रतिनिधीसभामा उपाध्यक्ष निर्मला अधिकारीले स्वागत मन्तव्य र उपाध्यक्ष निमराज कार्कीले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने सभाको सञ्चालन सचिव हिरा चालिसेले गर्नुभएको थियो ।

ताजा लेखहरू

नेपाल शिक्षक संघ, सुर्खेतको २५औं जिल्ला प्रतिनिधिसभा सम्पन्न।

नेपाल शिक्षक संघ, सुर्खेतको २५औं जिल्ला प्रतिनिधिसभा सुर्खेतको वीरेन्द्रनगरमा यहि मिति २०८० फाल्गुन......

उत्कृष्ट कार्य सम्पादनमा सुर्खेत जिल्ला सम्मानित।

जेष्ठ २६, २०८२ नेपाल शिक्षक संघ, कर्णाली प्रदेशको छैटौं प्रतिनिधिसभा आज वीरेन्द्रनगर, सुर्खेतमा......

वीरेन्द्रनगर नगरपालिका-६ को वडा शिक्षक भेला सम्पन्न।

माघ ३०, २०८१ नेपाल शिक्षक संघ, नगर कार्य समिति, वीरेन्द्रनगर नगरपालिका र ज्ञानपुञ्ज......