नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सुर्खेत

नेपाल शिक्षक संघ नवौं जिल्ला कार्य समिति सुर्खेतको अभियान:

“शिक्षकलाई मर्यादित र सन्तुष्ट बनाऔं, गुणस्तरीय शिक्षाका लागि सिकौं र सिकाऔं”

शैक्षिक सत्र २०८० को लागि नेपाल शिक्षक संघ नवौं जिल्ला कार्य समिति सुर्खेतको कार्यक्रम:

“सिकाइमा तत्पर म र मेरा विद्यार्थी”

. नेपाल शिक्षक संघको संक्षिप्त इतिहास

शिक्षकहरूको पेसागत सम्मान, सुरक्षा र समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका र स्वच्छ पत्रकारितालाई अनिवार्य शर्त एवं आदर्श मानी २०४७ साल वैशाख ३० गते विधिवत रुपमा आम नेपाली शिक्षकको गौरवमय संस्था नेपाल शिक्षक सङ्घको गठन भएको हो । २००७ सालपछि शिक्षामा भएको परिवर्तन सँगसँगै नेपाल शिक्षक सङ्घ निर्माणका आधारहरु पनि अघि बढेको पाइन्छ । २००७ चैतमा प्रजातन्त्रवादी शिक्षकहरु जेपी हाइस्कुलमा भेला भई रामजीप्रसाद शर्माको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।

विसं. २०१३ मा माध्यमिक शिक्षक सङ्घ गठन भएको थियो जसको अध्यक्ष आनन्द प्रसाद ढुंगाना हुनुहुन्थ्यो। त्यसताका प्रजातन्त्रवादी शिक्षकको सङ्घ गठन तयारी तत्कालीन राजा महेन्द्रको २०१७ को कदमले पूरा हुन पाएन । विसं. २०२३ सालमा प्रावि सङ्घ गठन भएको देखिन्छ । विसं. २०३६ सम्म पञ्चायती शासन कालमा सङ्घको गतिविधि न्यून रहेको पाइन्छ । २०३७ मा सबैखाले आस्थावान् शिक्षकको प्रयासमामा नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्माण भएको थियो । २०४१/०४२ मा शिक्षक संगठनलाई कमजोर बनाउन तत्कालिन पञ्चायत सरकारले ल्याएको मावि र प्रावि सङ्घको अवधारणाबाट शिक्षकको आन्दोलन माथी उठ्न सकेन ।

२०४६ सालको जनआन्दोलनको सङ्घारमा प्रजातन्त्रवादी शिक्षकहरुले देवेन्द्रसाद उपाध्यायको संयोजकत्वमा शिक्षकका मागसहित देशमा बहुजातीय व्यवस्था स्थापनाको माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन उठेको थियो । यसरी २०४६ सालको बृहत जनआन्दोलनको परिणामस्वरुप अन्तत: पञ्चायत व्यवस्था नै धरासायी भयो र देशमा बहुदलिय प्रजातन्त्रको स्थापना भयो। प्रजातन्त्र, समाजवाद र राष्ट्रियतालाई सर्वोपरी ठान्ने प्रजातन्त्रवादी शिक्षकहरु अन्ततः २०४७ साल बैशाख ३० मा नेपाल शिक्षक सङ्घको विधिवत स्थापना गर्न सफल भए । यही क्रममा सुर्खेत जिल्लामा पनि पहिलो पटक २०४७ सालमा नेपाल शिक्षक संघको विधिवत रुपमा गठन भएको थियो ।

. नेपाल शिक्षक संघ सुर्खेतका हालसम्मका अधिवेशनहरु

१. वि.सं. २०४७ सालमा श्री कृष्ण बहादुर रेग्मीको अध्यक्षतामा तदर्थ जिल्ला कार्य समिति गठन ।

२. वि.सं २०४८ मा श्री उदय बहादुर बस्नेत अध्यक्षतामा प्रथम जिल्ला अधिवेशन सम्पन्न ।

३. वि.सं २०५१ मा श्री तिर्थ जङ्ग शाहीज्यूको अध्यक्षतामा दोश्रो जिल्ला अधिवेशन सम्पन्न ।

४. वि.सं. २०५३ मा श्री तिर्थ जङ्ग शाहीज्यूको अध्यक्षतामा तेश्रो जिल्ला अधिवेशन सम्पन्न ।

५. वि.सं २०५७ मा श्री गहेन्द्र प्रसाद दहालज्यूको अध्यक्षतामा चौथो जिल्ला अधिवेशन सम्पन्न ।

६. वि.सं २०६१ मा श्री द्रोणराज पाठकज्यूको अध्यक्षतामा पाँचौं जिल्ला अधिवेशन सम्पन्न ।

७. वि.सं २०६५ मा श्री पद्म प्रसाद गौलीज्यूको अध्यक्षतामा छैठौं जिल्ला अधिवेशन सम्पन्न ।

८. वि.सं २०६९ मा श्री एकदेव गिरीज्यूको अध्यक्षतामा सातौं जिल्ला अधिवेशन सम्पन्न ।

९. वि.सं २०७४ मा श्री गोविन्दराज गिरी ज्युको अध्यक्षतामा आठौं जिल्ला अधिवेशन सम्पन्न ।

१०.आठौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष श्री गोविन्दराज गिरी ज्युको अनिवार्य अवकाश पश्चात वि.सं २०७८ फाल्गुण २८ गते देखि वि.सं. २०७९ साल चैत्र ८ गतेसम्म तत्कालिन महिला उपाध्यक्ष श्री अम्बिका चपाँई ज्युको अध्यक्षतामा आठौं जिल्ला कार्य समितिको कार्यकाल सम्पन्न ।

११. वि.सं. २०७९ साल चैत्र ९ गतेको दिन श्री सुरेन्द्रबहादुर रावतज्यूको अध्यक्षतामा नवौं जिल्ला अधिवेशन सम्पन्न ।
साथै संघीय संरचना अनुसार नेपाल शिक्षक संघले सुर्खेतका नौ वटै स्थानीय तहमा स्थानीय कार्य समिति गठन गरेको छ ।

. नेपाल शिक्षक संघका हालसम्मका नाराहरु
१) “शिक्षा प्रजातन्त्रको लागि प्रजातन्त्र मुलुकको सर्वाङ्गिण विकासका लागि” (दोश्रो महाधिवेशन)
२) “शिक्षक सङ्घको मूल मन्त्र सामाजिक न्याय स्तरीय शिक्षा  र प्रजातन्त्र” (तेश्रो महाधिवेशन)
३) “गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय शिक्षक, गुणस्तरीय लगानी र गुणस्तरीय व्यवस्थापन” ( चौथो महाधिवेशन)
४) “दिगो विकासका लागि शिक्षा र सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा शिक्षक” (पाँचौं महाधिवेशन)
५) “गुणस्तरीय शिक्षा, उच्च शिक्षक मर्यादा र सुरक्षित नागरिक स्वतन्त्र नेपाल शिक्षक सङ्घको प्रतिबद्धता” (छैठौं महाधिवेशन)
६) “सन्तुष्ट शिक्षक, युगानुकूल शिक्षा, लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिबद्धता” (सातौं महाधिवेशन)

७) “शिक्षकके मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा”” (आठौं महाधिवेशन)

७) “गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पुर्वाधार” (नवौं महाधिवेशन)

. सांगठनिक संरचना

सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहमा नेपाल शिक्षक संघको विधान २०४७ (विधान संशोधन अधिवेशन २०७३ द्वारा संशोधित) बमोजिम स्थानीय कार्य समिति, वडा कार्य समिति र विद्यालय कार्य समिति गठन भएका छन् । नवौं जिल्ला अधिवेशन हुनुपूर्व सुर्खेत जिल्लाका कुल १४३२ जना शिक्षकहरुले यस संस्थाको सदस्यता प्राप्त गरी अधिवेशनमा भाग लिएका थिए । प्रत्येक वर्ष यी सबै समितिका प्रतिनिधी सभाहरु सञ्चालन हुने व्यवस्था समेत गरिएको छ । विधान बमोजिम समितिको कार्यकाल ४ वर्ष निर्धारण गरिएको छ । नेपाल शिक्षक संघको सदस्यता तीन किसिमको रहेको छ । क) साधारण ख) कर्मठ ग) विशिष्ट । शिक्षकमा नियुक्त हुने वित्तिकै साधारण सदस्यता प्राप्त गर्ने, ४ वर्ष सक्रिय भई कार्य गर्ने साधारण सदस्यले कर्मठ सदस्यता प्राप्त गर्ने र कर्मठ सदस्य प्राप्त गरी एक कार्यकाल क्रियाशील रहेका सदस्यले विशिष्ट सदस्यता प्राप्त गर्ने प्रावधान राखिएको छ । साधारण सदस्यले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्छ,  कर्मठ सदस्यले प्रत्येक ४ वर्षमा १ पटक नवीकरण गर्नु पर्छ भने विशिष्ट सदस्यले सेवा अविधभर नवीकरण गर्नु पर्दैन । तर विशिष्ट सदस्यले अन्तर्राष्ट्रय आबद्धता शुल्क, ट्रेड युनियन शुल्क र शिक्षक कल्याण कोष शुल्क भने प्रत्येक वर्ष तिर्नु पर्छ भने सबै सदस्यहरुले प्रत्येक वर्ष महासंघ आबद्धता शुल्क तिर्नु पर्छ ।

. नेपाल शिक्षक संघ जिल्ला कार्य समिति

क्र.सं. पद पदाधिकारीहरुको नाम सम्पर्क नं.
अध्यक्ष सुरेन्द्र बहादुर रावत ९८६३१५३३४४
उपाध्यक्ष (महिला) अमृता सापकोटा ९८४८०४१५९४
उपाध्यक्ष नारायण प्रसाद शर्मा ९८५८०२९५०१
सचिव भुपेन्द्र बहादुर सिंह ९८५८०५२०८७
सचिव अर्थ नविन कुमार महतारा ९८४८०४१३८१
सह सचिव भुपेन्द्र सुवेदी ९८४८०६९२५८
सह सचिव महिला देउरुपा खत्री ९८४८१६८३२५
सह सचिव अर्थ तारा पोखरेल ९८४८१३५६२२
सहसचिव समावेशी प्रम विष्ट ९८५८०८०६६२
१० सहसचिव समावेशी टिकाराम भण्डारी ९८६४८८०२४२
११ सिम्ता अध्यक्ष कर्ण बहादुर राना ९८५८०६४४४६
१२ गुर्भाकोट अध्यक्ष भोजराज पौडेल ९८४८१९६१९२
१३ भेरीगंगा अध्यक्ष कुल बहादुर वली ९८४८०५०७४३
१४ लेकवेशी अध्यक्ष तिर्थ प्रसाद पौडेल ९८४८०३१२२१
१५ चिङ्गाड अध्यक्ष जगत जङ्ग राना ९८६८९०७२०८
१६ वीरेन्द्रनगर अध्यक्ष मान बहादुर वि.सी. ९८४८१६९८५५
१७ बराहताल अध्यक्ष पुर्ण बहादुर बोगटी ९८४८११९९२४
१८ पञ्चपुरी अध्यक्ष हिरामणी पौडेल ९८५८०५०३०१
१९ चौकुने अध्यक्ष जगतराज जोशी ९८५८०४०६८६
२० सदस्य तारा बुढा ९८४८०३८००८
२१ सदस्य रेशम कुमारी खड्का (वली) ९८४८१६१३९२
२२ सदस्य हिमा कुमारी अधिकारी ९८४८०४९९७०
२३ सदस्य माया कुमारी शाही ९८४८११४९५५
२४ सदस्य जगत कुमारी थापा ९८४४८३२३६०
२५ सदस्य किशोर भट्टराई ९८४८०४०७१६
२६ सदस्य भोज बहादुर राना ९८४४८६३०६८
२७ सदस्य भक्तराज शर्मा ९८६८१०२६५७
२८ सल्लाहाकार अम्बिका चपाँई ९८४८०५१३००
२९ सल्लाहाकार ढाल बहादुर खत्री ९८४८१०७४४४
३० सल्लाहाकार याम बहादुर श्रेष्ठ ९८४८०४७३१६
३१ सल्लाहाकार द्रोणराज पाठक ९८५८०५२११५
३२ सल्लाहाकार दुर्गा शाक्य ९८४८१५७२४७
३३ सुझाव समिति झक बहादुर डाङ्गी ९८४८०७८३१५
३४ सुझाव समिति तिर्थ जङ्ग शाही ९८५८०५१५१४
३५ सुझाव समिति गोविन्दराज गिरी ९८४८०२८२४३
३६ सुझाव समिति यामलाल घिमिरे ९८४४८५८०००
३७ सुझाव समिति भक्त बहादुर पोखरेल ९८६८१०२६६२
Scroll to Top